एनआईसी एशिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको बुकक्लोज तय

0
Shares

एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डले लाभांश वितरण प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेका छन् । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुईवटा योजनाले एकैदिन बुकक्लोज तोकेका हुन् ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलका अनुसार आर्थिक वर्ष २०७९–८० बाट प्रस्तावित लाभांश वितरणका लागि कात्तिक २२ गते बुधबार एकदिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

बुकक्लोजको आधारमा कात्तिक २१ गतेसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहने इकाईधनीहरूले मात्र सम्बन्धीत योजनाको लाभांश पाउनेछन् ।

एनआईसी एशिया ग्रोथ फन्डका इकाईधनीहरूलाई करसहित १०.५० प्रतिशत अर्थात ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ नगद लाभांश र एनआईसी एशिया ब्यालेन्सड् फन्डका इकाईधनीहरूलाई करसहित १० प्रतिशत अर्थात ७ करोड ५५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय यसअघि नै योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।