सोनापुरको सेयर मूल्य आईपीओभन्दा तल झर्‍यो

सोनापुरको सेयर मूल्य आईपीओभन्दा तल झर्‍यो

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्य प्रिमियम मूल्यमा जारी गरेको आइपीओको मूल्य भन्दा तल झरेर बन्द भएको छ । कात्तिक १५ गते बुधबारको बजारभाउ प्रिमियममा जारी आईपीओभन्दा २ रुपैयाँ ७८ पैसा कम हो ।

लगातार तीन कारोबार दिन नकारात्मक सर्किट लागेर घटेको कम्पनीको सेयरमूल्य बुधबार पनि ८ प्रतिशत हाराहारीमा घटेको हो । बुधबार कम्पनीको सेयर ७.९९ प्रतिशत अर्थात् २० रुपैयाँ ४० पैसा घटेर २३४ रुपैयाँ ८० पैसामा बन्द भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो ।

यसबीचमा कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार खुला भएकोमा १२० रुपैयाँ घटेर२३० रुपैयाँसम्म आएपछि क्रेता हाबी भएपछि सेयर मुल्य उकालो लागेपनि उकालो लागेको मूल्य टिक्न नसकेको हो ।

आज दिनभरमा कम्पनीको ६ लाख १६ हजार ७७५ कित्ता सेयर ५० हजार ८०१ पटकमा १४ करोड ६० लाख २ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्ला तीन कारोबार दिनमा सोनापुरको ४३ हजार १२५ कित्ता सेयर १ करोड १७ लाख ३९ हजार ६५९ रुपैयाँ बराबरमा खरिद बिक्री भएको थियो ।

यसअघिका तीन कारोबार दिनमा सोनापुरको ४३ हजार १२५ कित्ता सेयर १ करोड १७ लाख ३९ हजार ६५९ रुपैयाँ बराबरमा खरिद बिक्री भएको थियो । कम्पनीको नेप्सेमा कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सुचीकृत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार १६ : ०६ बजे