राष्ट्र बैंकले तिहारका लागि आगामी आइतबारदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

राष्ट्र बैंकले तिहारका लागि आगामी आइतबारदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

नेपाल राष्ट्र बैंकले तिहार पर्वका अवसरमा आगामी आइतबारदेखि शुक्रबारसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखा बबरमहलका अनुसार तिहारका लागि प्रतिव्यक्ति बढीमा सुनका असर्फी एक सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का एक सेट (गाईअङ्कित २५ ग्राम, गाईअङ्कित १० ग्राम, लक्ष्मीअङ्कित १० ग्राम, गणेशअङ्कित १० ग्राम, गजलक्ष्मीअङ्कित १० ग्राम) खरिद गर्न सक्नेछन् ।

सुनका असर्फी र चाँदीका सिक्का २०८० कात्तिक १९ देखि २४ गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ३ः०० बजेसम्म बिक्रीको प्रबन्ध मिलाइएको छ । उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सकिने टक्सार महाशाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार १६ : ३५ बजे