भूकम्प प्रभावित परिवालाई खाद्यन्न लगायत आवश्यक सामाग्री चेम्बरले सहयोग गर्ने

0
Shares

नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ ।

चेम्बरको विपद् व्यवस्थापन कोष अन्र्तगत भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए। चेम्बरले आवश्यक सम्पुर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धारा प्रणालीमा सहयोग गर्नेछ ।

भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यन्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याटे«स बितरण गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारी संयन्त्रसंग समन्वय गरेर नै सहयोग सामाग्री बितरण गरिने अध्यक्ष मल्लको भनाई छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदान प्रकट गरेको छ ।

चेम्बरले जाजरकोट लगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुर्नस्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।