नेपाल उद्योग परिसंघले भुकम्प प्रभावितहरूलाई सहयोग गर्न अपिल गरेको छ । शुक्रबार राती जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गर्दै परिसंघले सो अपिल गरेको हो ।
परिसंघको आइतबार भएको पदाधिकारी बैठकले भुकम्पमा ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । जारी विज्ञप्तीमा परिसंघले भनेको छ, ‘यस दुःखद् घडीमा प्रभावित नागरिकहरुलाई राहत एवं पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई अपिल गर्दछौं ।’
भुकम्प प्रभावित नागरिकहरुलाई परिसंघले आफ्नोतर्फबाट सहयोग एवं राहत कार्यलाई निरन्तरता दिईरहेको बताउँदै प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तीब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष अनुरोध समेत गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
