म्युचुअल फण्डले ६ महिनासम्म आईपीओ बिक्री गर्न नपाउने

0
Shares

म्युचुअल फण्डहरुले आईपीओमा प्राप्त गरेको सेयर ६ महिनासम्म बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई सेयर निष्काशन तथा बाडफाँड भएको ६ महिनासम्म आईपीओको सेयर बेच्न वा नामसारी गर्न नपाउने निर्णय गरेको हो ।

बोर्डले कात्तिक २१ गतेदेखि नै लागु हुने गरि निष्काशन तथा बाडफाँट भएको ६ महिनासम्म म्युचुअल फण्डहरुलाई सेयर बेच्न रोक लगाउने निर्णय गरेको हो । तर म्युचअल फण्डहरुको योजना अवधी नै समाप्त हुने वा योजना खारेज हुने अवस्थामा भने ६ महिनाको क्याप लागु नहुने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँट भएको मितिले छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।

हाल सार्वजनिक निष्काशन हुने कम्पनीहरुको कुल निष्काशनको पाँच प्रतिशत सेयर म्युचुअल फण्डहरुले आरक्षणमा पाउँदै आएका छन् । त्यस्तो सेयर सूचिकृत हुने वित्तिकै बेचेर फण्डहरु निस्कन थालेको र त्यसले सेयर बजार घटाएको आरोप लागिरहेको थियो ।

म्युचुअल फण्डले कोटामार्फत् पाउँदै आएको विभिन्न कम्पनीको आईपीओ दोस्रो बजारमा बिक्रीमा आएको पहिलोे दिनमा नै ठूलो परिमाणमा बिक्री गरेर निस्कन थालेपछि यसबारे केहि समयदेखि लगानीकर्ताहरुले चर्को बिरोध गर्दै आएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।