पर्यटकीय गतिविधि बढाउन नगरकोटमा कात्तिक २३ देखि २५ सम्म सडक महोत्सव हुने

0
Shares

भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिने भएको छ।

नगरकोट नाल्दुम पर्यटन विकास समिति नगरकोटमा आयोजना गर्न लागेको महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिए।

उनले नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन, पर्यटकको संख्या बढाउन र रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गर्न लागेको बताए।

यहाँका होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकको संलग्नतामा हुने महोत्सवमा स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टका लागि २५ वटा कक्ष बुक भएको बताए।

महोत्सवमा आउने पर्यटकले स्थानीय रैनाथे खानाको स्वादसँगै राष्ट्रिय एवं स्थानीय कलाकारको विभिन्न प्रस्तुतिसमेतको सांस्कृतिक कार्यक्रम हुने उनले बताए।

महोत्सवमा चङ्गा चेट प्रतियोगिता समेत हुने भएको छ। नगरकोट बसपार्क नजिकैको नगरकोट चोकमा हुने महोत्सवको अवधि भर यहाँका ठूला तथा साना होटलले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ।

अध्यक्ष गुरुङले केही होटलले आन्तरिक रुपमा त्यसभन्दा बढी पनि छुट दिनसक्ने बताए।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकास गरी स्थानीय कला, संस्कृतिलाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउन महोत्सव सफल हुने बताए।

उनले चाँगुनारायण नगरपालिकाले २०८२ साललाई पर्यटन वर्ष मनाउने नीति अघि सारेको र त्यसका लागि नगरपालिकाले यसवर्ष पर्यटन पूर्वाधारको विकासका लागि एक करोड बजेट विनियोजन गरेको बताए।

समितिका अध्यक्ष गुरुङका अनुसार नगरकोटमा एकदेखि चार स्टारसम्मको ८२ वटा होटल तथा रिसोर्ट संचालनमा छन्। चाँगुनारायण, मण्डनदउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले महोत्सवमा सहयोग गर्ने भएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।