धनतेरसको दिन बढ्यो सुनको मूल्य, तोलामा कति ?


केहि दिनयता नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज धनतेरसको दिन भने बढेको छ ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १४ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।