राष्ट्र बैंकले वालेटमा सीमा बढायो, मंसिर ३ सम्म २० पटकसम्म जम्मा गर्न सकिने

0
Shares

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) लाई अस्थायी रुपमा वृद्धि गरेको छ ।

यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा राष्ट्र बैंकले बढाएर २० पटक पुर्याएको हो । राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार २०८० कार्तिक २४ देखि २०८० मंसिर ३ गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सक्नेछन् ।

साथै भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त सबै संस्थाहरुलाई यसबीचमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम परिपत्र जारी गर्दै भुक्तानी प्रणाली विभागलाई जानकारी भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।