एकै प्रकारका कर्जा खातामा ऋणीहरुबीचको ब्याजदर अन्तर २% भन्दा बढीले फरक पार्न नपाइने

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले एकै प्रकारका कर्जा खातामा ऋणीहरुबीचको ब्याजदर अन्तर २ प्रतिशतभन्दा बढीले फरक पार्न नपाउने भएका छन् । वित्तीय सचेतनका लागि केन्द्रीय बैंकले सूचना जारी गर्दै यस्तो जनाएको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरुकाबीच अत्याधिक असमानता देखिएकाले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रशितभन्दा बढीले फरक नपर्ने गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ । ’

बैंक तथा वित्तीय संस्थाहरुले एकै प्रकारका कर्जाको ऋणीहरुलाई एक ऋणीलाई एउटा ब्याजदर र अर्को ऋणीलाई सो ऋणीभन्दा २ प्रतिशत भन्दा बढी ब्याज लिने गरेको भन्दै जोखिम विश्लेषण गरी २ प्रशितभन्दा बढीले फरक नपर्ने गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको हो ।

साथै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरु बुझेर मात्र कर्जा लिनुपर्ने बैंकले सर्वसाधारणलाई समेत आग्रह गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।