मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड

0
Shares

मुक्तिनाथ कृषि कम्पनीले जारी गरेको सेयर बाँडफाँड गरिएको छ। निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड काठमाडौंमा बिहीबार बिहान रितपूर्वक आवेदन दिएकाहरुलाइ सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले पुँजी ७० करोड रुपैयाँ मध्ये २० प्रतिशत अर्थात १४ करोड रुपैयाँ रकम बराबरको १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्टयाएको थियो । उक्त सेयरमध्येको १० प्रतिशत अर्थात १ लाख ४० हजार कित्ता शेयर प्रति सेयर एक सय रुपैयाँ अङ्कित दरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि बिक्री खुला गरिएको थियो ।

एक लाख ४० हजार कित्ता सेयर खरिदका लागि ३१ हजार १९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता सेयरका लागि २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई रद्द गरिएको छ । ३१ हजार १९४ जना आवेदकहरुबाट ७ लाख २३ हजार ४० कित्ता सेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको थियो ।

प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा गोलाप्रथाको माध्यमबाट १४ हजार आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।