बियर उत्पादक टाइगर ब्रुअरीको बिक्री घट्दा आम्दानीमा गिरावट

0
Shares

टाइगर ब्रुअरीको सञ्चालन आम्दानीमा गिरावट आएको छ ।

सन् २०२२ मा ७३ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२३ को ११ महिनामा ६१ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२३ को ११ महिनाको आम्दानीसँग सन् २०२२ को सोही अवधिको आम्दानी तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानी ८.५८ प्रतिशतले घटेको हो ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट धरासायी बनेको कम्पनीको सेल्स बढ्न नसक्दा आम्दानीमा गिरावट आइरहेको छ । तथापि देशभर १५० डिलर भएको यस कम्पनीले आगामी समयमा कमब्याक गर्ने विश्वास गरिएको छ ।

सन् १९९३ मा स्थापना भएको कम्पनीले सात प्रकारका स्ट्रङ तथा प्रिमियम बियरहरुको उत्पादन गर्ने गर्दछ । मूलत: त्सेरिङ, नेपाल टाइगर स्ट्रोङ र रकस्टार ब्रान्डनामबाट कम्पनीले बियरको बजारीकरण गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता वार्षिक रुपमा ४० लाख टन रहको छ ।

खड्का परिवारको लगानी रहेको यस कम्पनीमा इश्वरी खड्काको ४७ प्रतिशत, प्रेम खड्काको २९ प्रतिशत र लक्ष्मण खड्काको २४ प्रतिशत सेयर हिस्सा रहेको छ।

कम्पनीले १ अर्ब ७४ करोड ९८ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ८९ करोड ९५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ८५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ०.२३ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।