तीन विकास बैंकको मात्र लाभांश घोषणा

0
Shares

नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये मङ्सिर ८ गते शुक्रबार बिहानसम्म तीनवटा बैंकलेमात्र लाभांश घोाषणा गरेका छन् ।

हालसम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले मात्र लाभांश घोषणा गरेका हुन् । बाँकी १३ विकास बैंकले हालसम्म लाभांश प्रस्ताव गरेका छैनन् ।

गत आर्थिक वर्षको नाफाबाट शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यस्तै मितेरी डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत तथा सांग्रिला डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न शाइन रेसुङ्गा र सांग्रिला डेभलपमेन्ट बैंकले क्रमशः मङ्सिर २३ र २४ गते साधारण सभा आह्वान गरेका छन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै बैंकले मङ्सिर ११ गते सोमबार बुकक्लोज गर्दछन् । मितेरी डेभलपमेन्ट बैंकले सभा बोलाउन बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।