डाबर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण गर्यो

0
Shares

डाबर नेपालले भूकम्प पिडितको राहतको लािग प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्र्रभावित जिल्लाका जनतासंग ऐक्यवदतामा उभिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।