नबिल बैंकले पायो ३ अर्बको ऋणपत्र बिक्री अनुमति

0
Shares

नबिल बैंक लिमिटेडले ३अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । बैंकले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर १० गते आइतबार अनुमति पाएको हो ।

बोर्डका अनुसार बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरका ३ अर्ब मूल्यको ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिइएको हो । नबिल बैंकले ७ वर्ष अवधिको नबिल बैंक ऋणपत्र २०८७” जारी गर्न लागेको हो । यस ऋणपत्रका लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् ।

यसअनुसार बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका १२ लाख इकाई अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी १८ लाख इकाई बराबरको १ अर्ब ८० करोड मूल्यको ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

ऋणपत्र बिक्रीका लागि बैंकले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।