सिटिजन्स बैंकका ग्राहकलाई हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीमा विशेष छुट

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र माहादेवस्थान, काठमाडौं स्थित हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीज बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहकले हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।