असोजमा विकास बैंकहरुको नाफा १८ प्रतिशत घट्यो

0
Shares

असोज महीनामा विकास बैंकहरुको नाफा अघिल्लो असोजको तुलनामा १८.१२ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये १० बैंकको नाफा अघिल्लो असोजको तुलनामा घटेको छ । २ वटा विकास बैंकले अघिल्लो असोजको तुलनामा नोक्सानी सुधारेका छन् भने पाँच विकास बैंकले मात्र अघिल्लो असोजभन्दा धेरै नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

राष्ट्र बैंकका अनुसार २०८० असोज महीनामा विकास बैंकहरुले ९० करोड ५५ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । विसं २०७९ असोज महीनामा विकास बैंकहरुले कुल १ अर्ब १० करोड ५८ लाख ७० हजार रुपैयाँ नाफा कमाएका थिए । अघिल्लो असोजको तुलनामा बैंकहरुको नाफा २० करोड ३ लाख ६० हजार रुपैयाँ कम हो । आर्थिक गतिविधि सुस्त हुँदा ऋणीको साँवा तथा ब्याज भुक्तानी क्षमतामा कमी आएकाले बैंक तथा वित्तीय संस्थाको नाफा उल्लेख्य घटेको हो ।

अघिल्लो असोजको तुलनामा कामना सेवा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक,ग्रीन डेभलपमेन्ट बैंक  र गरिमा विकास बैंकले नाफा बढाएका छन् । समीक्षा अवधिमा एक्सेल डेभलपमेन्टको नाफा सबैभन्दा धेरै घटेको छ भने सालपा विकास बैंक, महाक्ष्मी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको असोजको नाफा ७३५ देखि ५२ प्रतिशतसम्मले घटेको छ । समीक्षा अवधिमा ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा समेत घटेको छ ।

उता ग्रीन डेभलपमेन्ट बैंकले गत असोजको पौने ४ करोड ऋणात्मक नाफाको  अवस्थालाई धनात्मक बनाएको छ भने सप्तकोशी र नारायणी डेभलपमेन्ट बैंक नोक्सानी ब्यहोरेपनि अघिल्लो असोजभन्दा अवस्था सुधार गरेका छन् ।

हेरौं असोजमा कुन विकास बैंकले कति कमाए ?

S.N. Sector- Devlopment Banks Profit Ashoj 2080 in Mn Profit Ashoj 2079 in Mn Change %
1 Muktinath Bikas Bank Ltd. 228.81 307.42 -25.57
2 Garima Bikas Bank Limited 201.55 193.33 4.25
3 Shine Resunga Development Bank 191.65 209.14 -8.36
4 Lumbini Bikas Bank Ltd. 173.28 71.03 143.95
5 Kamana Sewa Bikas Bank Limited 119.52 41.56 187.58
6 Mahalaxmi Bikas Bank Ltd. 95.38 237.54 -59.85
7 Jyoti Bikas Bank Limited 50.8 100.1 -49.25
8 Shangrila Development Bank  46.59 55.35 -15.83
9 Karnali Development Bank Limited 40.86 16.46 148.24
10 Miteri Development Bank Limited 17.55 25.64 -31.55
11 Green Development Bank Ltd. 11.17 -37.25 129.99
12 Corporate Development Bank Limited 3.93 8.57 -54.14
13 Sindhu Bikash Bank Ltd 1.93 4.03 -52.11
14 Salapa Bikash Bank -7.1 2.76 -357.25
15 Narayani Development Bank Limited -12.16 -20.90 -41.82
16 Saptakoshi Development Bank -119.22 -130.8 -8.85
17 Excel Development Bank Ltd. -139.03 21.89 -735.13
Total 905.51 1,105.87 -18.12

 

मुक्तिनाथले कमायो सर्वाधिक, चार विकास बैंकको नाफा ऋणात्मक

असोज महीनामा मुक्तिनाथले सबैभन्दा धेरै २२ करोड ८८ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपी बैंकको नाफा अघिल्लो असोजको तुलनामा २५.५७ प्रतिशतले घटेको हाे । यस्तै गरिमा विकास बैंकले २० करोड १५ लाख ५० हजार, शाइन रेसुङ्गाले १९ करोड १६ लाख ५० हजार, लुम्बिनी विकास बैंकले १७ करोड ३२ लाख ८० हजार रुपैयाँ र कामना सेवा विकास बैंकले ११ करोड ९५ लाख २० हजार नाफा कमाएको छ । यस अवधिमा कामना सेवा विकास बैंकको नाफा १८७.५८ प्रतिशतले बढ्दा लुम्बिनी विकास बैंकको १४३.९५ र गरिमा विकास बैंकको ४.२५ प्रतिशतले बढेको छ । अघिलो असोजको तुलनामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ८.३६ प्रतिशतले घटेको हो ।

असोजमा महालक्ष्मी विकास बैंकको नाफा ५९.८५ प्रतिशत घटेर ९ करोड ५३ लाख ८० हजारमा झरेको छ भने ज्योति विकास बैंकको ४९.२५ प्रतिशत घटेर ५ करोड ८ लाख तथा सांग्रिला डेभलपमेन्ट बैंकको १५.८३ प्रतिशत घटेर ४ करोड ६५ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

असोजमा कर्णाली डेभलपमेन्ट बैंकले नाफा १४८.२४ प्रतिशतले बढेर ४ करोड ८ लाख ६० हजार पुगेको छ । यस्तै मितेरी डेभलपमेन्ट बैंकले १ करोड ७५ लाख ५० हजार तथा ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ११ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा मितेरीको नाफा ३१.५५ प्रतिशत तथा ग्रीनको १२९.९९ प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको असोजको नाफा ५४.१४ प्रतिशतले घटेर ३९ लाख ३० हजार र सिन्धु विकास बैंकको ५२.११ प्रतिशतले घटेर १९ लाख ३० हजार कायम भएको छ ।

असोज महीनामा सालपा विकास बैंकको नोक्सानी ७१ लाख, नारायणी डेभलपमेन्ट बैंकको १ करोड २१ लाख ६० हजार, सप्तकोशी डेभलमेन्ट बैंकको ११ करोड ९२ लाख २० हजार तथा एक्सेल डेभलपमेन्ट बैंकको १३ करोड ९० लाख ३० हजार रुपैयाँ रहेको छ। अघिल्लो असोजमा धनात्मक रहेका दुबै बैंकको नाफा यस वर्षको असोजमा सालपाको ३५७.२५ प्रतिशत तथा एक्सेल डेभलपमेन्टको नाफा ७३५.१३ प्रतिशतले घटेको हो । नोक्सानीमा रहेपनि अघिल्लो असोजको तुलनामा नारायणी डेभलपमेन्टले ४१.८२ तथा सप्तकोशी डेभलमेन्ट बैंकले ८.८५ प्रतिशतले नोक्सानी सुधार गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।