तारागाउँ रिजेन्सी होटल्सद्धारा सेयरधनीलाई नगद लाभांश संकलन गर्न अनुरोध

तारागाउँ रिजेन्सी होटल्सद्धारा सेयरधनीलाई नगद लाभांश संकलन गर्न अनुरोध

तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडले सेयरधनीहरुलाई विगतका वर्षहरुको साधारण सभाबाट पारित नगद लाभांश संकलन गर्न अनुरोध गरेको छ।
होटलले विभिन्न साधारण सभाहरुबाट पारित भएको नगद लाभांश हालसम्म पनि केही सेयरधनी महानुभावहरुले बुझिलिन बाँकी रहेको देखिएकोले यथाशक्यो छिटो यस कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेटबाट संकलन गर्न भनेको हो ।

सेयरधनीले एनआईसी एशिया क्यापिटलको कार्यालय चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथलीमा सम्पर्क राख्नुपर्ने जनाइएको छ । साथै, आफ्नो सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण नगर्नु भएका सेयरधनीले यथाशीघ्र आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्र्पक गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत क्ष्एक् सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न समेत होटलले अनुरोध गरेको छ ।

साथै उक्त सेयर प्रमाणपत्र समयमै अभौतिकीकरण नभएमा सम्बन्धित सेयरधनीको बैंक खातामा उक्त नगद लाभाशं नगई बाँकी रहेको नगद लाभांश रकम नियम अनुसार भैजाने सूचना मार्फत जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार १० : १५ बजे