राष्ट्रिय सहकारी बैंकको ब्याजदर आजदेखि परिमार्जन, यस्तो छ नयाँ ब्याजदर

0
Shares

राष्ट्रिय सहकारी बैंकले विद्यमान ब्याजदरलाई परिमार्जन गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले मंसिर १२ गते मंगलबारदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर लागू गरेको हो ।

नयाँ ब्याजदरमा सहकारी बैंकले बचतकर्तालाई साधारण बचतमा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम९.५० प्रतिशतसम्म ब्याजदर दिने भएको छ । यस्तै क्रमिक बचतमा ९.२५ देखि १० प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८.७५ देखि १०.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले साधारण बचत खातामा समयावधि अनुसार ३.५० देखि ४ प्रतिशत, विशेष बचतमा ४.२५ प्रतिशत, सुपर बचतमा ४.२५ देखि ४.७५ प्रतिशत, एनसिसिएल समुन्नत बचत खातामा न्यूनतम ४.२५ देखि अधिकतम ५ प्रतिशत र एनसिसिएल प्रिमियम बचतमा समयावधि अनुसार ४.५० देखि ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै अनिवार्य नियमित बचतमा ९.५० प्रतिशत र क्रमिक बचतमा ९.२५ देखि १० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । बैंकको मुद्दती निक्षेपमा समयावधि अनुसार न्यूनतम ८.७५ प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

यस्तै बैंकले कर्जातर्फ विभिन्न शीर्षकमा न्यूनतम ८.५० देखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकले कृषि तथा कृषि परियोजना कर्जा (किस्तावन्दी) ९ देखि ११ प्रतिशत, अन्य परियोजना कर्जा (किस्तावन्दी) ९ देखि ११.५० प्रतिशत, आवधिक कर्जा (किस्तावन्दी) १२.७५ देखि १३ प्रतिशत र हायर पर्चेज कर्जा (किस्तावन्दी) १२ प्रतिशतमा उपलब्ध गराउने भएको छ ।

यस्तै सहकारी बैंकले लघुकर्जा (किस्ताबन्दी) ११.७५ देखि १२.२५ प्रतिशत, दिगो सहकारी कर्जा १३.७५ प्रतिशत, घर घडेरी खरिद तथा भवन निर्माण कर्जा १२.२५ देखि १२.५० प्रतिशत, तरलता व्यवस्थापन र चालु पुँजी कर्जा १३.५० प्रतिशत, आपतकालिन तरलता व्यवस्थापन कर्जाको ब्याजदर १२ प्रतिशत तोकेको छ ।

यसैगरी सहकारी व्यवस्थापन कर्जाको ब्याजदर वार्षिक १३ प्रतिशत, सहकारी स्तरिकरण कर्जा ९.५० प्रतिशत, साना तथा मझौला सदस्य कर्जा १०.५० प्रतिशत, उत्पादन र प्रशोधन भण्डारण बजारीकरण कर्जा ९.५० देखि १०.५० प्रतिशत, अल्पकालिन व्यवसायीक कर्जा १२.५० प्रतिशत, मौसमी कर्जा ९.५० प्रतिशत, पर्यटन प्रवद्र्धन कर्जा ८.५० देखि १०.५० प्रतिशत, सबल सहकारी कर्जा १३.७५ प्रतिशत, गरीबी निवारण कर्जा ११.७५ देखि १२.२५ प्रतिशत, व्यवसायीक (किस्तावन्दी) कर्जा ११ देखि ११.२५ प्रतिशत तोकेको छ । बैंकले निक्षेप दरमा २ प्रतिशत प्रिमियम थप गरी निक्षेप कर्जा उपलब्ध गराउने जनाएको छ ।

बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरीने जनाएको छ । साथै, मुद्दती निक्षेपको बिड रेट १०.२५ प्रतिशत सम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान नगरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।