प्राधिकरणले खारेज गर्‍यो हिमालयन गोरखा नेटको लाइसेन्स


नेपाल दूरसञ्चार प्राधिकरणले गोरखाको हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरेको छ ।

हिमालयन गोरखाले आफ्नो अनुमतिपत्र नवीकरण नचाहेको भन्दै प्राधिकरणले २०७९ माघ १२ गतदेखि स्वत: खारेज भएको जनाएको छ ।

बिहीबार सूचना निकाल्दै प्राधिकरणले उक्त कम्पनीले नियमानुसार तिर्न बाँकी रकमको विषयमा आगामी ३० दिन भित्र सम्पर्क गर्न समेत सचेत गराएको छ ।

अन्यथा कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाउने चेतावनी प्राधिकरणले दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।