इमर्जिङ्ग नेपालको ८.४२% लाभांश पारित

0
Shares

इमर्जिङ्ग नेपाल लिमिटेडको शुक्रबार सम्पन्न आठौं वार्षिक साधारण सभाले ८.४२% लाभांश पारित गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ८.४२ प्रतिशतले हुने रकम ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ सेयरधनीलाई वितरण गर्नेछ ।

यसैगरी, सभाले विभिन्न प्रस्तावसहित कम्पनीको गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित उक्त कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य प्रतिबद्धता व्यक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।