विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु, पाँच वर्षमा १४ अर्ब खर्च गरिने

0
Shares

विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । यो कार्यक्रमको लागि विश्व बैंकले १०३.८४ मिलियन डलर अर्थात झण्डै १४ अर्ब रुपैयाँ सहयोग गर्नेछ ।

पाँच वर्षे यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास संघबाट १ सय मिलियन डलर र स्वास्थ्य आपतकालिन तयारी तथा प्रतिक्रिया कोषबाट ३.८४ मिलियन डलर अनुदानका रुपमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम आज अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरेका हुन ।

कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको कभरेज बढाउने र प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको छ।

नेपाल सरकार र विश्व बैंकबीच अक्टोबर २०२३ मा कार्यक्रमका लागि वित्तिय सम्झौतामा हस्ताक्षर भएको थियो ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।