सेजन अवार्डबाट ६ जना पुरस्कृत, १ जनालाई फेलोसिप

0
Shares

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २७ औं बार्षिक साधारणसभाका अवसरमा ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। एक जनालाई फेलोसिप प्रदान गरेको छ ।

सेजनले प्रत्येकवर्ष प्रदान गर्ने सेजन अवार्डबाट यसवर्ष कान्तिपुरकर्मी मातृका दाहाल र देवेन्द्र भट्टराई पुरस्कृत गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई १ लाख राशीको उक्त अवार्ड प्रदान गरिएको हो ।

यस्तै क्लिकमान्डुकर्मी राजेश बर्मालाई सेजन डिजिटल मिडिया अवार्डले पुरस्कृत गरेको छ । जसको राशी ५० हजार रहेको छ । त्यस्तै भोला चालिसे लिवरल जर्नालिजम् अवार्ड हिमाल खबरका रमेश कुमार न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

सेजन छापामाध्यम अवार्ड नयाँ पत्रिकाकी मुना कुँवरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । यस्तै सेजन ब्रोडकाष्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५० हजार रुपैयाँको हो ।

त्यस्तै एक लाख राशीको स्व.सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेलाई प्रदान गरिएको छ । कार्यक्रममा सेजनले हरेक वर्ष प्रकाशन गर्ने ‘अर्थनीति सेजन म्यागेजिन २०८०’ सार्वजनिक गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।