जीवन बीमाको नयाँ व्यवसाय खस्कियो, पुरानो व्यवसाय १०% बढ्यो

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को प्रथम चौमासिक अवधिमा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय खस्किएको छ भने पुरानो व्यवसाय भने वृद्धि भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कार्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क संकलन अघिल्लो कार्तिक मसान्तसम्मको तुलनामा ५.४१ प्रतिशत अर्थात ४९ करोड ३५ लाख ९१ हजार रुपैयाँले घटेको छ । यस अवधिमा नवीकरण बीमाशुल्क भने १०.६२ प्रतिशत अर्थात ३ अर्ब ९१ करोड ८३ लाख ३६ हजार रुपैयाँले वृद्धि भएको प्राधिकरणको तथ्याङ्क छ ।

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले कार्तिक मसान्तसम्ममा प्रथम बीमाशुल्क वापत ८ अर्ब ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत ४० अर्ब ८१ करोड २६ लाख १६ हजार रुपैयाँ गरी कुल ४९ अर्ब ४३ करोड ६२ लाख ८४ हजार रुपैयाँ संकलन गरेका हुन् । कार्तिकसम्ममा जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३७ लाख १४ हजार ५४७ वटा बीमालेख रहेको छ ।
चालु आवको प्रथम चौमासिक अवधिमा सञ्चालनमा रहेका १४ मध्ये ९ कम्पनीको प्रथम बीमाशुल्क घटेको छ भने ५ वटाको मात्र बढेको छ । नवीकरण बीमाशुल्कतर्फ दुई कम्पनीको घटेको छ भने बाह्र कम्पनीले नवीकरण शुलक वृद्धि गरेका छन् ।

अघिल्लो कार्तिकसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । जसमा प्रथम बीमाशुल्क वापत ९ अर्ब ११ करोड ७२ लाख ५६ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क ३६ अर्ब ८९ करोड ४२ लाख ८१ हजार रुपैयाँ थियो ।

आईएमई लाइफको प्रथम बीमाशुल्क सबैभन्दा धेरै बढ्यो

आईएमई लाइफ इन्स्योरेन्सले चालु आवको प्रथम चौमासमा सबैभन्दा धेरै २८.१५ प्रतिशतले प्रथम बीमाशुल्क संकलन रकम वृद्धि गरेको छ । यसैगरी समीक्षा अवधिमा नेपाल लाइफले १९.२० प्रतिशत, नेशनल लाइफले १६.१४ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीले ६.९५ प्रतिशत तथा मेट लाइफ इन्स्योरेन्सले १.४९ प्रतिशतले प्रथम बीमाशुल्क बढाएका छन् ।

यस अवधिमा सन् नेपाल लाइफको प्रथम बीमाशुल्क अर्थात नयाँ व्यवसायको वृद्धिदर सबैभन्दा धेरै ४३.१४ प्रतिशतले घटेको छ । साथै सूर्याज्योति लाइफको ३३.९५ प्रतिशत, सानिमा रिलायन्स २१.०८ प्रतिशत र सिटिजन लाइफको नयाँ व्यवसाय १९.१७ प्रतिशतले ओरालो लागेको छ । कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार रिलायबल नेपाल लाइफको १७.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १६.७६ प्रतिशत, हिमालयन लाइफको १५.४५ प्रतिशत, एशियन लाइफको ४.७४ प्रतिशतले घटेको छ । यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सबैभन्दा कम ०.४० प्रतिशतले नयाँ व्यवसाय विस्तारको क्रम घटेको हो ।

Life Insurance Company First Premium collection in First Four month (in lakhs)
Name Till 2080 Kartik Till 2079 Kartik Change% Change Amount
Sun Nepal Life Insurance Co. Ltd 3,914.48 6,884.61 -43.14 -2,970.13
SuryaJyoti Life Insurance Co. Ltd  6,246.32 9457.01 -33.95 -3,210.69
Sanima Reliance Life Insurance Ltd 4,042.79 5122.71 -21.08 -1,079.92
Citizens Life Insurance Co. Ltd 4,865.87 6,020.15 -19.17 -1,154.28
Reliable Nepal Life Insurance Co. Ltd 3,858.02 4,665.11 -17.30 -807.09
Prabhu Mahalaxmi Life Insurance Ltd 2,679.57 3219.16 -16.76 -539.59
Himalayan Life Insurance Ltd 6,263.05 7407.94 -15.45 -1,144.89
Asian Life Insurance Co. Ltd 4,226.20 4,436.63 -4.74 -210.43
Life Insurance Corporation Nepal 6,764.35 6,791.20 -0.40 -26.85
Met Life 3,817.17 3,761.00 1.49 56.17
Rastriya Jeewan Beema Company 1,834.67 1,715.38 6.95 119.29
National Life Insurance Co. Ltd 12,585.10 10,836.50 16.14 1,748.60
Nepal Life Insurance Co. Ltd 21,130.78 17,727.36 19.20 3,403.42
IME Life Insurance Co. Ltd 4,008.28 3,127.80 28.15 880.48
Total 86236.65 91172.56 -5.41 -4,935.91

 

प्राधिकरणको तथ्याङ्क अनुसार चौध जीवन बीमा कम्पनीहरुमध्ये कार्तिक मसान्तसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै २ अर्ब ११ करोड ३० लाख ७८ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस्तै नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब २५ करोड ८५ लाख १० हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको चार महीना अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६७ करोड ६४ लाख ३५ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्यारेन्सले ६२ करोड ६३ लाख ५ हजार रुपैयाँ र सुर्यज्योति लाइफ इन्स्योरेन्सले ६२ करोड ४६ लाख ३२ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय विस्तार गरेको छ ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार प्रथम चौमाससम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले ४८ करोड ६५ लाख ८७ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ४२ करोड २६ लाख २० हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले ४० करोड ४२ लाख ७९ हजार रुपैयाँ र आईएमई लाइफ इन्स्योरेन्सले ४० करोड ८ लाख २८ हजार रुपैयाँ प्रथम बीमाशुलक संकलन गरेको छ ।

यस्तै प्रथम बीमाशुल्क संकलनका हिसाबमा दशौं ठूलो सन नेपाल लाइफ इन्स्योरेन्सले ३९ करोड १४ लाख ४८ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ३८ करोड ५८ लाख २ हजार रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ३८ करोड १७ लाख १७ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सले २६ करोड ७९ लाख ५७ हजार रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साबिक राष्ट्रिय बीमा संस्थान) ले कार्तिक मसान्तसम्ममा १८ करोड ३४ लाख ६७ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

नेशनल लाइफ र एलआईसी बाहेक सबै कम्पनीको नवीकरण बीमाशुल्क बढ्यो

साउनदेखि कार्तिकसम्ममा चौध जीवन बीमा कम्पनीहरुले नवीकरण बीमाशुल्क वापत ४० अर्ब ८१ करोड २६ लाख १६ हजार रुपैयाँ संकलन गरेका छन् । जसमा नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन बाहेक सबै कम्पनीको नवीकरण बीमाशुल्क बढेको छ ।  तथ्याङ्क अनुसार नेशनल लाइफ इन्स्योरेन्सको नवीकरण बीमाशुल्क ८.४३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३.८९ प्रतिशतले घटेको छ ।

अघिल्लो कार्तिकको तुलनामा यो वर्ष सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साबिक राष्ट्रिय बीमा संस्थान) ले सर्वाधिक २०८ प्रतिशतले नवीकरण बीमाशुल्क वृद्धि गरेको छ । यसैगरी प्रभु महालक्ष्मीको २५.८६ प्रतिशत, रिलायबल नेपाल लाइफको २२.१० प्रतिशत, सानिमा रिलायन्स लाइफको १२.७७ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको ११.७५ प्रतिशत, सन नेपाल लाइफको ११.६४ प्रतिशत, सूर्याज्योति लाइफको ८.९६ प्रतिशत, आईएमई लाइफको ७.६८ प्रतिशत, सिटिजन लाइफको ५.८७ प्रतिशत, एशियन लाइफको ५.८४ प्रतिशत, मेट लाइफले २.१४ प्रतिशत र नेपाल लाइफले १.६४ प्रतिशतले नवीकरण बीमाशुल्क बढाएका हुन् ।

Life Insurance Company Reneable Premium collection in First Four month (in lakhs)
Name  2080 Kartik 2079 Kartik Change% Change Amount
National Life Insurance Co. Ltd 40350.52 44,065.93 -8.43 -3,715.41
Life Insurance Corporation Nepal 48895.01 50,874.22 -3.89 -1,979.21
Nepal Life Insurance Co. Ltd 113246.16 111,418.80 1.64 1,827.36
Met Life 13336.98 13,058.03 2.14 278.95
Asian Life Insurance Co. Ltd 19425.58 18,353.43 5.84 1,072.15
Citizens Life Insurance Co. Ltd 13004.38 12,283.73 5.87 720.65
IME Life Insurance Co. Ltd 9026.42 8,382.62 7.68 643.80
SuryaJyoti Life Insurance Co. Ltd  21375.13 19617.83 8.96 1,757.30
Sun Nepal Life Insurance Co. Ltd 7367.89 6,599.82 11.64 768.07
Himalayan Life Insurance Ltd 47393.11 42410.31 11.75 4,982.80
Sanima Reliance Life Insurance Ltd 14911.08 13222.23 12.77 1,688.85
Reliable Nepal Life Insurance Co. Ltd 8268.82 6,772.44 22.10 1,496.38
Prabhu Mahalaxmi Life Insurance Ltd 11057.97 8786.26 25.86 2,271.71
Rastriya Jeewan Beema Company 40467.12 13,097.16 208.98 27,369.96
Total 408126.17 368942.81 10.62 39,183.36

 

कार्तिक मसान्तसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै ११ अर्ब ३२ करोड ४६ लाख १६ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४ अर्ब ८८ करोड ९५ लाख १ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्यारेन्सले ४ अर्ब ७३ करोड ९३ लाख ११ हजार रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ४ अर्ब ४ करोड ६७ लाख १२ हजार रुपैयाँ तथा नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ३ करोड ५० लाख ५२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आवको चार महीना अवधिमा सुर्यज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब १३ करोड ७५ लाख १३ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ९४ करोड २५ लाख ५८ हजार रुपैयाँ र सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले १ अर्ब ४९ करोड ११ लाख ८ हजार रुपैयाँ नवीकरण बीमाशुलक संकलन गरेको छ ।

प्रथम चौमाससम्ममा अमेरिकन लाइफ इन्स्योरन्स (मेट लाइफ) ले १ अर्ब ३३ करोड ३६ लाख ९८ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ३० करोड ४ लाख ३८ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सले कार्तिक मसान्तसम्ममा १ अर्ब १० करोड ५७ लाख ९७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ ।

यस्तै समीक्षा अवधिमा आईएमई लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्बभन्दा कम नवीकरण बीमाशुलक संकलन गरेका छन् । यस अवधिमा आईएमई लाइफ इन्स्योरेन्सले ९० करोड २६ लाख ४२ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ८२ करोड ६८ लाख ८२ हजार रुपैयाँ र कार्तिकसम्ममा सन नेपाल लाइफ इन्स्योरेन्सले ७३ करोड ६७ लाख ८९ हजार रुपैयाँ नवीकरण बीमाशुलक संकलन गरेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।