आइपीओ जारी गर्ने तयारीमा रहेको अन्नपूर्ण केवलकारलाई ‘बी प्लस’ रेटिङ

0
Shares

आइपीओ ल्याउने तयारीमा रहेको अन्नपूर्ण केवलकार लिमिटेडले गराएको साख मूल्याकंनमा रेटिङ एजेन्सी केयर नेपालले ‘बी प्लस’ रेटिङ गरेको छ ।

अन्नपूर्ण केबुलकारले कम्पनीको जारी पूँजीको एक अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
विसं २०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबुलकारले सर्वसाधारणको लागि २० प्रतिशत आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०२३ मा ८ करोड १० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको ३४.४३ प्रतिशत रहेको छ ।

सन् २०१० देखि स्थापना भएको कम्पनी सन् २०२२ को जुलाई महिनाबाट सञ्चालनमा आएको हो । सन् २०२३ को मे महिनाबाट कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको हो ।

पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख आकर्षणका रुपमा रहेको छ । पोखराको सेती बगरदेखि सारङ्गकोट डाडासम्म २.३ किलोमिटर दूरीमा केवलकार सञ्चालन हुँदा पर्यटकहरुका लागि नयाँ गन्तव्य थपेको छ। कम्पनीले १७ गोन्डाला मार्फत केवलकार सेवा दिँदै आएको छ।

कम्पनीका अध्यक्ष कालु गुरुङ रहेका छन् । रियल स्टेट क्षेत्रमा आफ्नो छवि बनाएका कालु गुरुङको नेतृत्वमा कम्पनी सञ्चालन भइरहेको छ । कम्पनीले १ अर्ब ७ करोड ६२ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले १ अर्ब ५ करोड ६२ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र २ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ पुनः पुष्टि गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ०.२४ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।