नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौता

0
Shares

नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

मंसिर १९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा द्विपक्षीय हवाई सेवा सम्झौता भएको हो ।

यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकहरुको संख्या ४१ (एकचालीस) पुगेको छ ।

अन्य केही मुलुकहरुसँग यस्ता द्विपक्षीय हवाई सेवा सम्झौताका लागि प्रकृया अघि बढिरहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।