एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन

0
Shares

सरकारले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।

उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन्।

एनसेलको सेयर खरिदबिक्री अस्वाभाविक देखिएको भन्दै सरकारले त्यसका बारेमा अध्ययन गरी प्रतिवेदन तयार पार्न उक्त समिति गठन गरेको हो। छानबिन समितिलाई उक्त प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।