कुमारी बैंकको ५ अर्बको ऋणपत्र सूचीकृत

0
Shares

कुमारी बैंक लिमिटेडको पाँच अर्ब मूल्यको ऋणपत्र २७ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ । बैंकले वार्षिक १० प्रतिशत व्याजदर दिनेगरी जारी गरेको दशवर्ष अवधिको “१०% केबिएल डिबेञ्चर २०९०” डिबेन्चर आज सूचीकृत भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मङ्सिर २२ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा ऋणपत्र सूचीकरण गरिएको हो । कुमारी बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा क्रम संख्या १ देखि ५० लाखसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५० लाख कित्ता बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समक्ष २० लाख र व्यक्तिगत तबरबाट ३० लाख कित्ता बिक्री आह्वान गरेको थियो ।

धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्से मार्फत बैंकको “१०% केबिएल डिबेञ्चर २०९० डिबेन्चर/ऋणपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ ।

बैंकको प्रधान कार्यालय काठमाडौं महानगरपालिका टंगाल काठमाडौं रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार  १२ : १९ बजे