यती डिस्टीलरीको आम्दानीमा गिरावट, ५ अर्ब १७ करोडको कारोबार

0
Shares

नेपालमा प्रिमियम ह्वीस्की र भोड्का उत्पादन गरिरहेको यती डिस्टीलरीको आम्दानीमा गिरावट आएको छ ।

आर्थिक वर्ष २०२२ मा ५ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीको कारोबार घट्दा आर्थिक वर्ष २०२३ मा सञ्चालन आम्दानी ५ अर्ब १७ करोड ५० लाखमा समेटिएको छ ।

कम्पनीको आम्दानीमा आएको गिरावटसँगै त्यसको प्रभाव अन्य वित्तीय सूचांकहरुमा समेत देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको आम्दानी आव २०२३ मा कुल सञ्चालन आम्दानीको ३२.१ प्रतिशत पुगेको छ । जुन गत वर्षमा ३२.३ प्रतिशत थियो ।

सन् २००३ मा स्थापना भएको यती डिस्टीलरीजले लो–इन्ड लीक्वेरहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो प्रिमियम फ्ल्यागसीप उत्पादनमा वल्ड दरबार र ८८४८ भोड्का समावेश गरेको छ । पछिल्लो समयमा नेपालमा प्रिमियम ह्वीस्की तथा भोड्का उत्पादक कम्पनीहरुको सङ्ख्या बढ्दै जाँदा प्रतिस्पर्धा बढ्दै गएको हो । जसको प्रभाव कम्पनीको आम्दानीमा देख्न सकिन्छ ।

कम्पनीमा रवि केसीको ५० प्रतिशत सेयर हिस्सा र अभिषेक श्रेष्ठ र उनको परिवार सहित ५० प्रतिशत सेयर रहेको छ । कम्पनीको बोटलिङ क्षमता एकै दिनमा ९ हजार केस रहेको छ । हाल देशभर रहेका १३० वितरक मार्फत कम्पनीले बिक्री वितरण गरिरहेको छ ।

कम्पनीले ५ अर्ब ४६ करोड ८८ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १८ करोड ३८ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ए रेटिङ गरेको छ भने ५ अर्ब २८ करोड ५० लाख बराबरको अलपकालीन कर्जाका लागि ए१ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १०.६७ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।