वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब तान्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले मंसिर २८ गते बिहीबार बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरणमार्फत् २० अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति पुस १२ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

मंसिर २४ गते पनि केन्द्रीय बैंकले २५ अर्ब नै बजारबाट प्रशोचन गरेको थियो । अधिक तरलताका कारण बैंकहरु समस्यामा परेपछि मंसिर लागेपछि मात्रै राष्ट्रबैंकले प्रणालीबाट करिब ८० अर्ब तरलता बजारबाट प्रशोचन गरिसकेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।