हालै मात्र एफपीओ जारी गरेको उन्नति सहकार्य लघुवित्तले पनि यो वर्ष सेयरधनीको हात खाली बनाएको छ । यसअघि ६ वटा लघुवित्तले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेकोमा उन्नति सहकार्य लाभांश नबाँड्ने सातौं कम्पनी बनेको छ ।
यसअघि ग्रामीण विकास लघुवित्त, हिमालयन लघुवित्त, गुरासँ लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त र सामुदायिक लघुवित्तले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरिसकेका छन् ।
कम्पनी सञ्चालक समितिको मङ्सिर २७ गते बसेको बैठकबाट गत आर्थिक वर्ष २०७९–८० को कमाईबाट सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण गर्नेगरी रकम बाँडफाँड नगरिएको कम्पनी सचिव नारायण अधिकारीले जानकारी दिए । उक्त बैठकले गत आर्थिक वर्षको नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गरी राष्ट्र बैंकको स्वीकृति पश्चात साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।
उन्नति लघुवित्त र सहकार्य लघसवित्तबीच मर्जरपछि संस्थापक साधारण सेयर अनुपात कायम गर्न कम्पनीले कार्तिक २१ देखि २४ गतेसम्म एक सय रुपैयाँ अंकित दरमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गरी मङ्सिर ८ गते बाँडफाँड गरेको थियो ।
अघिल्लो आव २०७८/७९ बाट कुनैपनि लाभांश नबाँडेको लघुवित्तलेआव २०७७/७८ बाट भने चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र आव २०७६/७७ बाट चुक्ता पुँजीको १७.८१ प्रतिशत बोनस सेयर सेयरधनीलाई दिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
