एनएमबि बैंकले तोक्यो साधारण सभाका लागि बुकक्लोज

0
Shares

एनएमबि बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा प्रयोजनार्थ सेयर दाखिला मिति (बुकक्लोज) निर्धारण गरेको छ ।

मङ्सिर २७ गते बुधबार दिउँसो ३ बजे सम्पन्न सञ्चालक समितिको ४५९ औं बैठकल पुस ६ गते शुक्रबार सेयरधनी दर्ता किताव बन्द गर्ने जनाएको हो । बुकक्लोज अनुसार बैंकको साधारण सभामा भाग लिन इच्छुकहरुले पुस ५ गते बिहीबारसम्म सेयरधनी भैसक्नुपर्ने छ ।

बैंकठले आगामी पुस २६ गते बिहीबार बैंकको २८ औं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय यसअघि नै निर्णय गरिसकेको छ ।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ २४ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।