चार महिनामा ४२ अर्ब ४८ करोडको थप धितोपत्र सूचीकृत

0
Shares

चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर, ३ अर्ब ८४ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ५४ करोड बराबरको बोनस सेयर गरी कुल ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब ५१ करोड बराबरको साधारण शेयर, ३ अर्ब २० करोड बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र १ अर्ब १० करोड बराबरको हकप्रद सेयर गरी कुल १५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड सेयर संख्याको चुक्ता मूल्य ७ खर्ब ८१ अर्ब ३८ करोड रहेको छ ।

कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६४ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ८७ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७९ कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.२ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १२.६ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।