सेयर बजारमा साढे ६ अंकको सुधार, ३ अर्ब १५ करोडको कारोबार

0
Shares

यस साताको अन्तिम दिनको सेयर बजार साढे ६ अंकले बढेर बन्द भएको छ । विहीबार नेप्से ६.५५ अंकले बढेर एक हजार ९ सय ९४ दशमलब ६० विन्दुमा बन्द भएको हो ।

आजको बजारमा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कारोबार भएकामध्ये १४० कम्पनीको सेयरमूल्य बढेको छ भने ९१ कम्पनीकोे घटेको छ । १० वटा कम्पनीको स्थिर रहेको छ ।

१३ मध्ये ५ वटा समूहका सूचक घटेका छन् भने बाँकी सबैमा वृद्धि देखिएको छ ।

यसदिन बोटलर्स नेपाल बालाजु लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ४.९८ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको १ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।