कुमारी बैंकले लाभांश नदिने

0
Shares

कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकको मङ्सिर २८ गते बिहीबार ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को लागि सेयरधनीहरुलाई दिने बोनस सेयर वा नगद कुनै लाभांश प्रस्ताव नगरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण पारित गरी सो को स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

बैंकले वार्षिक साधारण सभा र सेयर दाखिल खारेज बन्द हुने मिति भने हाल तोकेको छैन । एनसीसी बैंकसँगको मर्जरपछि कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ ।

यस्तो छ बैंकको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/2079 0.00 12.50 12.50
2 2077/2078 6.00 2.67 8.67
3 2076/2077 10.85 3.15 14.00
4 2075/2076 10.00 0.52 10.52
5 2074/2075 8.50 0.00 8.50
6 2073/2074 12.75 0.00 12.75
7 2072/2073 21.00 1.10 21.00
8 2071/2072 11.00 0.58 11.58
9 2070/2071 33.00 1.74 34.74
10 2069/2070 14.00  0.00 14.00
11 2068/2069 0.00 7.00 7.00
12 2067/2068 8.00 0.44 8.44

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।