नेशनल फण्ड म्यानेजमेन्टको ४.२१% लाभांश पारित

0
Shares

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले यही मंसिर २८ गते प्रथम वार्षिक साधारण सभा सम्पन्‍न गरेको छ।

होटल एल्फट, काठमाडौंमा भएको साधारण सभाले आ।व। २०७९/८० को मुनाफाबाट ४.२१% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

स्थापनाको पहिलो वर्ष मै लाभांश दिन सफल यस नेशनल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड-१ जारी गरी फण्ड संकलन तथा लगानी कार्य शुरु गरिसकेको छ।

नेशनल फण्ड विभिन्‍न संगठीत संस्थाहरुको ७५% भन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृती प्राप्‍त प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल फर्म हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।