विदेशी लगानी आकर्षण गर्न संविधान संशोधनको बाटोमा फिलिपिन्स

0
Shares

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले विदेशी लगानी आकर्षण गर्नका लागी आफ्नो देशको संविधान संशोधन गर्ने आवश्यकता अध्ययन गर्न शुक्रबार आदेश दिएका छन ।

राष्ट्रपति मार्कोसले गत बर्ष राष्ट्रपति बने लगत्तै संविधानमा रहेका केही भागले विदेशी लगानीकर्तालाई निरुत्साहित तथा प्रतिबन्धित गरेको टिप्पणी गरेका थिए।

फिलिपिन्सले सन् २०८७ मा नयाँ संविधान प्राप्त गरेको थियो । जसमा राष्ट्रपतिको अवधिलाई छ वर्ष बनाइएको थियो ।

राष्ट्रपति मार्कोसले पत्रकारसँगको भेटमा कानुनका कुनै न कुनै प्रावधानहरूले लगानीकर्तालाई असहजता पैदा गरिरहेको उल्लेख गरेका छन।

उनका अनुसार संविधानमा उल्लेखित आर्थिक प्रावधानले स्वेदेशी तथा विदेशी लगानीकर्तावीचको समानतालाई पूर्ण रूपमा प्रतिवन्ध लगाएको छ ।

व्यावसायिक विज्ञापन, सार्वजनिक उपयोगिता निजी तथा आवासीय भवनको स्वामित्व देखि समुद्रमा माछा मार्ने लगायतका बिषयमा कायम गरिएको सिमितताको टिप्पणीसमेत राष्ट्रपति मार्कोसले गरे।

उनले आफ्नो प्राथमिक चासो देशलाई लगानी मैत्री राष्ट्र निर्माण गर्नु रहेको बताए। मार्कोसको कार्यकाल सन् २०२८ को मध्यमा सकिँदैछ ।

यसैबचि, फिलिपिन्स्को प्रतिनिधि सभाका अध्यक्ष मार्टिन रोमुआल्डेजले पनि आगामी बर्ष संविधानका आर्थिक प्रावधानहरु परिवर्तन गर्न दबाब दिने बताएका छन।

चालु बर्षको सुरुमा फिलिपिनी सदनले सन् १९८७ को संविधान संशोधन गर्न अधिवेशन बोलाउने प्रस्ताव पारित गरेको थियो ।

राजनितिज्ञहरूले संविधान संशोधन गर्न चार्टर अभ्यास प्रयोग गर्ने र मार्कोसलाई संविधानको मर्म विपरित उनका बुवाजस्तै लामो समय सत्तामा रहने आकाङ्क्षा भन्दै अलोचना समेत सुरु भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार  १६ : २९ बजे