बैंक वित्तीय संस्थाले बुझाए सेयर प्रिमियम र मर्जरको लाभ बापतको ११ अर्ब ३ करोड कर

0
Shares

सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा र मर्जरको लाभबाट तिर्नुपर्ने आयकर असुल गर्ने सरकारको निर्णयलाई सर्वोच्चले सदर गरेसँगै बैंक वित्तीय संस्थाले कर बुझाउन थालेका छन ।

ठूला करदाता कार्यालयले मर्जर, प्राप्ति र एफपिओको लाभबाट हुने लाभकर अन्तर्गत शुक्रबार एकैदिन ११ अर्ब ३ करोड रुपैयाँ राजस्व असुल गरेको छ । विहीबार मात्रै सर्वोच्च अलालतको संवैधानिक इजलासले सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा र मर्जरको लाभमा तिर्नुपर्ने कर असुल गर्ने सरकारको निर्णयलाई सदर गरको थियो ।

सरकारले चालु आर्थिक वर्षको आर्थिक विधेयक मार्फत मंसिर मसान्त भित्र सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा र मर्जरको लाभबाट तिर्नुपर्ने आयकर तिर्दा शुल्क र ब्याज मिनाहा गर्ने व्यवस्था गरेको थियो । मिनाह र जरिवानाबाट बच्न पनि बैंक वित्तीय संस्थाहरुले शुक्रबार कर बुझाएका हुन ।

आन्तरिक राजश्व विभागका महानिर्देशक दिघर्घराज मैनालीका अनुसार शुक्रबार चार दर्जन बढी वित्तीय संस्थाले ११ अर्ब ३ करोड कर बुझाएका हुन्। सरकारको निर्णय विरुद्ध १६ बैंकहरूले हालेको रिट शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजालसले खारेज गरेपछि बैंकहरु कर तिर्न बाध्य भएका हुन ।

ती संस्थालाई कर तिर्ने प्रयोजनका लागि कार्यालय शनिबार पनि खुला गरिने भएको छ। एफपीओ तथा मर्जर एक्विजिसनबाट करिब २७ अर्ब रुपैयाँ दायित्व सृजना हुने अनुमान छ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।