नेपाल एसबिआई बैंकको साधारण सभा पुस १३ गते

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेडले पुस १३ गते ३० औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा आह्वान गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ६.८० प्रतिशत नगद लाभांश गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रूपैयाँ छ।

सभाले एसबिआई बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मङ्सिर २९ गते एक दिन बुकक्लोज गरिसकेको छ । बुकक्लोजको आधारमा मङ्सिर २८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।