प्रभु क्यापिटलका हितग्राहीलाई सिद्घार्थनगर सिटी हस्पिटलका सेवामा विशेष छुट

0
Shares

प्रभु क्यापिटल लिमिटेडले भैरहवा अवस्थित सिद्घार्थगर सिटी हस्पिटलसंग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौता २ वर्षका लागि भएको हो ।

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्घार्थगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिदाँ हस्पिटलले दिदैं आएको सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

ग्राहकले आफ्नो डिम्याट कन्फर्मेसन तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।