शिवम सिमेन्टले १५ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

शिवम सिमेन्टले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १९ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।