यूनिसेफले अफ्रिकामा १४ अर्ब डलर सहयोग गर्ने

0
Shares

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले पूर्वी र दक्षिणी अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४० करोड अमेरिकी डलर माग गरेको छ ।

जलवायु परिवर्तनका कारण उत्पन्न मानवीय सङ्कटले यस क्षेत्रका बालबालिकाको स्वास्थ्यमा समेत असर पारिरहेको यूनिसेफले बताएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एट्लेभा काडिलीद्वारा जारी विज्ञप्तिमा जलवायु सङ्कट टाढाको खतरा नभई यस क्षेत्रका बालबालिकाको स्वास्थ्यका लागि तत्काल खतरा भएको बताए।

“जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभावले सङ्कटको मूल कारणलाई सम्बोधन गर्न र यसमार्फत् बालबालिकालाई सहयोग पु¥याउन दिगो समाधानका लागि तत्काल कदम चाल्न आवश्यक छ भन्ने कुराको स्मरण गराउँछ,” उनले भने।

उनले भने, “हाम्रो सामूहिक जिम्मेवारी भनेको सबैभन्दा कमजोरहरूको सुरक्षा गर्नु र सबैका लागि दिगो भविष्य निर्माण गर्नु हो ।”

युनिसेफका अनुसार सन् २०२४ को सुरुमा आउने बाढी र सन् २०२४ को अधिकांश समय जारी रहने अनुमान गरिएको खडेरीजस्ता एल निनोको प्रभावको सङ्केत गर्ने प्रक्षेपणले आवश्यकतालाई बढाएको हो ।

युनिसेफका अनुसार एक अर्ब ४० करोड अमेरिकी डलरले सन् २०२४ मा आफ्नो मानवीय प्रतिक्रियालाई निरन्तरता दिनमात्र सम्भव हुने भएकोले थप सहायता जुटाउनुपर्ने भएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।