ज्योति विकास बैंकले यो वर्ष लाभांश नदिने

0
Shares

ज्योति विकास बैंकले यस वर्ष लाभांश नदिने भएको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बुधबारका बिहान ८ बजे बसेको ४७३ औं बैठकले बैंकको आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको हो

कम्पनी सचिव बलदेव थापाका अनुसार बुधबारको सञ्चालक समिति बैठकले २०७९–८० को लेखापरीक्षण गरिएको वित्तीय अवस्थाको विवरण ९ वासलात०, सोही मिति सम्मको नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र लेखा सम्बन्धी टिप्पणीहरु सहितको वित्तीय विवरणहरु स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात बार्षिक साधारणसभाबाट पारित गर्नेगरी आवश्यक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने समेत बैठको निर्णय छ ।

ज्योति विकास बैंकले २०७८–७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश गरी कुल ६.८० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तो छ बैंकको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/2079 3.00 3.80 6.80
2 2077/2078 11.00 4.50 15.50
3 2076/2077 10.00 0.00 10.00
4 2075/2076 12.75 0.00 12.75
5 2074/2075 0.00 8.40 8.40
6 2073/2074 10.00 0.00 10.00
7 2072/2073 11.70 0.00 11.70
8 2071/2072 9.00 0.00 9.00
9 2070/2071 7.00 0.00 7.00
10 2069/2070 7.00 5.60 12.60
11 2067/2068 0.00 8.50 8.50

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।