प्रभु बैंकको सञ्चालकमा बस्नेत नियुक्त

प्रभु बैंकको सञ्चालकमा बस्नेत नियुक्त

प्रभु बैंकको सञ्चालकमा बृष बहादुर बस्नेत नियुक्त भएका छन् ।  बैंक सञ्चालक समितिको पुस ६ गते ९ बिहान ११ः३० बजेदेखि दिनको २ः३० बजेसम्म बसेको बैठकले बस्नेतलाई सञ्चालक चयन गर्ने निर्णय गरेको हो ।

बैंकका कम्पनी सचिव अमित भण्डारीका अनुसार बस्नेतलाई सर्वसाधारण सेयरधनीहरुको समूहबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक चयन गरिएको हो । बस्नेत काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ३१, शान्तीनगरका बासिन्दा हुन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार १३ : २० बजे