पाँच महिनामा १ खर्ब ११ अर्बको पेट्रोलियम आयात, ४१ अर्ब ४२ करोड राजस्व संकलन

0
Shares

चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात साउनदेखि मंसिरसम्ममा पेट्रोलियम पदार्थको आयातमा १ खर्ब ११ अर्ब ७७ करोड ९९ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ ।

चालु आर्थिक वर्ष (२०८०/८१) को पहिलो पाँच महिनाको अवधिमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन) आयातमा उक्त रकम बाहिरिएको हो । जसवापत सरकारलाई ४१ अर्ब ४२ करोड ६० लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएकोे छ ।

भन्सार विभागका अनुसार पाँच महिनामा ५३ अर्ब ९० करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको ४ लाख ८९ हजार ९३६ किलो लिटर डिजेल आयात भएको छ । डिजेल आयातमा सरकारलाई २० अर्ब १९ करोड ३० लाख ९९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीको शिर्ष स्थानमा डिजेल पर्ने गरेको छ।

यस्तै, चालु आवको पाँच महिनामा २८ अर्ब ५५ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको २ लाख ८१ हजार ९७० किलो लिटर पेट्रोल आयात भएको छ । जसवापत सरकारलाई १६ अर्ब २० करोड ३२ लाख ७९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

यसैगरी, हवाई इन्धनमा ८ अर्ब ६६ करोड २१ लाख ७५ हजार रुपैयाँ बाहिरिएको छ । गत पाँच महिनाको अवधिमा ७८ हजार ११२ किलो लिटर हवाई इन्धन आएको छ । जसवापत सरकारलाई १ अर्ब १७ करोड ६४ लाख १५ हजार राजस्व आएको छ ।

यता, एलपी ग्यासमा २० अर्ब ६५ करोड ५८ लाख ३० हजार रुपैयाँ बाहिरीएको विभागको तथ्यांकले देखाएको छ । पाँच महिनामा २१ करोड ४२ लाख ९१ हजार ६ किलो एलपी ग्यास आयात भएको हो । जसवापत सरकारलाई ३ अर्ब ८५ करोड ३२ लाख ३६ हजार रुपैयाँ राजश्व सरकालाई बुझाइएको छ ।

विभागका अनुसार चालु आवको पाँच महिनामा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ भने ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ