वैदेशिक व्यापार: १२६ देशसँग व्यापार घाटा व्यहोर्दा २५ देशसँग नाफामा

0
Shares

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले १२६ देशसँग व्यापार घाटा व्यहोरेको छ। कुल १५१ देशसँग व्यापार गर्दा नेपालले २५ देशसँग मात्र नाफा गरेको हो ।

नेपालले पाँच महिनामा ५ खर्ब ७९ अर्ब व्यापार घाटा व्यहोरेको छ । जसमध्ये सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । पाँच महिनामा भारतसँग मात्रै ३ खर्ब ५२ अर्ब ७७ करोड बराबरको व्यापार घाटा भएको छ ।

भन्सार विभागका अनुसार भारतमा ३ खर्ब ९४ अर्ब ८० करोड ६ लाख ८४ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा ४२ अर्ब ३ करोड २१ लाख ५२ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ  ।

यस्तै नेपालले धेरै व्यापार घाटा व्यहोरेको दोस्रो देश चीन हो । चीनसँग नेपालले पाँच महिनामा १ खर्ब २४ अर्ब ५८ करोड ७७ लाख १३ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । चीनबाट एक खर्ब २५ अर्ब ६२ लाख १२ हजार रुपैयाँको वस्तु आयात हुँदा १ अर्ब ३ करोड ३४ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरेको छ  ।

यस्तै पाँच महिना (साउन देखि मंसिर) सम्म युनाइटेड अरब इमिरेट्सस नेपालको ११ अर्ब ७ करोड ६९ लाख १९ हजार रुपैयाँ व्यापार घाटा रहेको छ । उक्त देशबाट १२ अर्ब १८ करोड ५६ लाख ९ हजार रुपैयाँ बराबरको सामान आयात हुँदा १ अर्ब १० करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।

यस्तै युक्रेनसँग ८ अर्ब १६ करोड ५० लाख २० हजार रुपैयाँ व्यापार घाटा गरेको छ । उक्त देशबाट ८ अर्ब १६ करोड ५१ लाख ३६ हजार रुपैयाँ बराबरको सामान आयात गर्दा १ लाख १७ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

यस्तै नेपालले मलेसियासँग ७ अर्ब १४ करोड २ लाख ८७ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । नेपालले ७ अर्ब २५ करोड ७७ लाख ६४ हजार रुपैयाँ बराबरको सामान आयात गर्दा ११ करोड ७४ लाख ७७ हजार रुपैयाँको वस्तु मात्र निर्यात भएको छ ।

यसैगरी नेपालले अर्जेन्टिनासँग ५ अर्ब ६१ करोड ९१ लाख ८४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । ५ अर्ब ६२ करोड २ लाख ३५ हजार रुपैयाँ बराबरको सामान आयात गर्दा १० लाख ५१ हजार रुपैयाँ बराबरको सामान मात्र निर्यात गरेको छ ।

यता, इन्डोनेसियासँग ५ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ व्यापार घाटा गरेको छ । उक्त देशबाट नेपालले ५ अर्ब ६५ करोड ५ लाख ४५ हजारको सामान आयात गर्दा ११ करोड १३ लाख ३३ जार रुपैयाँ बराबरको मात्र सामान निर्यात गरेको छ ।

यस्तै अष्टेलियासँग ५ अर्ब ५३ करोड १० लाख १२ हजार रुपैयाँ घाटा गरेको छ । उक्त देशबाट ६ अर्ब २८ करोड ९ लाख १८ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ भने ७४ करोड ९८ लाख ९७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

यस्तै पाँच महिनाको अवधिमा नेपालले फ्रान्ससँग ४ अर्ब १८ करोड ३१ लाख ४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । फ्रान्सबाट ५ अर्ब १५ करोड ७८ लाख १४ हजारको वस्तु आयात गर्दा नेपालले उक्त देशमा ९७ करोड ४७ लाख १० हजार रुपैयाँ बराबरको सामान मात्र निर्यात गरेको छ ।

यस्तै थाइल्यान्डसँग तीन अर्ब ९५ करोड ४४ लाख, जापानसँग तीन अर्ब ११ करोड ८५ लाख, साउदी अरेबियासँग दुई अर्ब ९१ करोड ८४ लाख व्यापार घाटा भएको छ ।

२५ देशसँगको व्यापार नाफामा

नेपालको सबैभन्दा धेरै व्यापार नाफा हुने देशहरुको शीर्ष स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट ५ अर्ब ४८ करोड ८९ लाख १८ हजारको वस्तु आयात हुँदा ७ अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ । अमेरिकासँग नेपालको वैदेशिक व्यापार १ अर्ब ८१ करोड ६६ लाख ८२ हजार रुपैयाँ नाफामा रहेको छ ।

यस्तै, डेनमार्कमा ४३ करोड ४२ लाखको वस्तु निर्यात हुँदा ११ करोड ८२ लाखको वस्तु मात्र आयात भएको छ । पाँच महिनाको अवधिमा डेनमार्कसँग ३१ करोड ६० लाख नाफा भएको छ ।

यस्तै नर्वेसँगको वैदशिक व्यापारमा नेपालले ५ करोड ७८ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । नर्वेमा ७ करोड ४ लाख २६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा १ करोड २५ लाख ७० हजारको वस्तु मात्र आयात गरेको छ ।

यस्तै मालदिभ्ससँग २ करोड ३१ लाख ६८ हजार नाफा गरेको विभागको तथ्यांकले देखाएको छ । पाँच महिनामा मालदिभ्समा नेपालले २ करोड ३७ लाख २१ हजारको सामान निर्यात गर्दा ५ लाख ५३ हजारको सामान मात्र निर्यात गरेको छ ।

यस्तै क्रोएसियासँग ७० लाख ६१ हजार रुपैयाँ नाफा गरेको छ । पाँच महिनाको अवधिमा ९० लाख ६६ हजारको सामान निर्यात गर्दा नेपालले २० लाख ५ हजारको सामान मात्र आयात गरेको छ ।

यस्तै मौरिसससँग नेपालले ५९ लाख ३६ हजार नाफा कमाएको छ । उक्त देशमा ६६ लाख ४५ हजारको सामान निर्यात गर्दा ७ लाख १० हजारको सामान मात्रै आयात गरेको छ ।

यस्तै न्यु क्यालेडोनियासँग ५८ लाख ३८ हजार नाफा गरेको छ । उक्त देशबाट आयात शून्य रहेको छ । यस्तै आइसल्यान्डसँग ५८ लाख ६ हजार नाफा कमाएको छ । आइसल्यान्डमा नेपालबाट ५८ लाख ६ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ भने ६७ हजारको सामान आयात भएको छ ।

यस्तै चाडसँग ५७ लाख ५४ हजार रुपैयाँ नाफा गरेको छ । उक्त देशबाट आयात शून्य रहेको छ । यस्तै सुडानसँग ३९ लाख ११ हजार रुपैयाँ नाफा गरेको छ । उक्त देशमा ४१ लाख ८५ हजारको सामान निर्यात हुँदा २ लाख ७४ हजारको मात्रै सामान आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।