कार्टेलिङ गरी बढाइएको सिमेण्टको भाउ खारेज गर्न निमार्ण व्यवसायीको माग

0
Shares

नेपाल निमार्ण व्यवसायी महासंघले खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गरी हालै बजारमा सिमेण्टको भाउ बढाइएको प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

स्वतस्फूत रुपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी कार्टेलिङ गरी सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन समेत महासंघले माग गरेको छ ।

महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेण्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय मूल्यवृद्धि गरिनु कानून विपरितको दण्डनीय अपराध भएकोे ठहर गरेको छ ।

विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठूलो आर्थिक बोझ थपिएको महासंघको भनाई छ ।

म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघ पुनः नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष जोडदार माग गर्दछ । जारी विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।