अलौँचीको निर्यात साढे ३ गुणाले बढ्यो

0
Shares

मुलुकबाट हुने कुल निर्यात घटिरहँदा अलौँचीको निर्यात ३ गुणाले बढेको छ । पाँच वर्ष अघिकोे तुलनामा अलौैँचीको निर्यात ३.५२ गुणाले बढेको हो ।

कुल निर्यातको शिर्ष स्थानमा रहेको अलैँची चालु आर्थिक वर्ष (२०८०/८१) को पाँच महिना (साउनदेखि मङ्सिर) सम्म तीन अर्ब ९८ करोड ६१ लाख पाँच हजार रुपैयाँ बराबरको २३ लाख ७४ हजार १ सय १० केजी अलैँची निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा अलौँचीको निर्यात ८७ करोड ९५ लाख ९६ हजार रुपैयाँ बराबरको १० लाख ९४ हजार ५ सय ५० केजी अलैँची निर्यात भएको थियो । जुन अहिलेको भन्दा ३.५२ गुणाले कम हो ।

यता, चालु आर्थिक वर्षको तुलनामा गत आवमा अलैँचीको निर्यात एक अर्ब २६ करोड रुपैयाँले बढेको छ । गत आव (२०७९/८०) मा २ अर्ब ७२ करोड ८२ लाख २५ हजार रुपैयाँ बराबरको ३४ लाख २ हजार ३३२ केजी निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष (२०७८/७९) मा २ अर्ब १ करोड १५ लाख १ हजार रुपैयाँ बराबरको २३ लाख १९ हजार ४ सय १० किलो अलैँची निर्यात भएको थियो ।

यस्तै आर्थिक वर्ष (२०७७/७८) मा ३ अर्ब ७ करोड ४४ लाख २ हजार रुपैयाँ बराबरको अलौँची निर्यात हुँदा आर्थिक वर्ष (२०७६/७७) मा ८७ करोड ९५ लाख ९६ हजार रुपैयाँ बराबरको १० लाख ९४ हजार ५ सय ५० केजी अलौँची निर्यात भएको हो ।

अलैँची उत्पादनको ९० भन्दा बढी विदेश तर्फ निर्यात हुने गरेको छ । खोल्सीको सुन वा कालो सुन उपनामले परिचित अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गरेको छ । विशेष गरी मसला बनाउनमा प्रयोग हुने अलैंची निकासी हुने ठुलो बजार भनेको भारत हो ।

चालु आर्थिक वर्षको पाँच महिनामा भारतमा मात्रै ३ अर्ब ९ करोड ८६ लाख १४ हजार रुपैयाँ बराबरको २३ लाख ७४ हजार १ सय १० केजी अलैँची निर्यात भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।