चलनचल्तीको मुद्रा ६ खर्ब ६० अर्ब पुग्यो

0
Shares

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ६ खर्ब ६० अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा कुल ६ खर्ब ६० अर्ब ८१ करोढ ६० लाख ४२ हजार १४६ रुपैयाँ बराबरका नोटहरु चलनचल्तीमा रहेका छन ।

पछिल्लो पाँच महिनाको अवधिमा ३५ अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा थपिएको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तसम्ममा चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ थियो ।

यस वर्षको दशैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको थियो जसले गर्दा पनि चलनचल्तीको मुद्रा बढेको हो । राष्ट्र बैंकभन्दा बाहिर रहेको मुद्रालाई चलनचल्तीमा रहेको नगदको रुपमा बुझिन्छ।

हाल नेपालमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० का जम्मा ११ दरका नोट चलनचल्तीमा छन् । तर, राष्ट्र बैंकले हाल १, २, २५ र २५० का नोटहरू निष्कासन गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।