हामी उद्योग सञ्चालन गर्न चाहान्छौं, प्रमाण दिए बिजुलीको पैसा तिर्छौं : व्यवसायी

0
Shares

उद्योगी व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत प्रयोग गरेको बिजुलीको प्रमाण दिएमा आफुहरु बिल तिर्न तयार रहेको दोर्याएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरूले प्रमाण अनुसार बिल तिरेर उद्योग संचालन गर्न चाहेको बताएका छन् ।

पत्रकार सम्मेलन उद्योगी पशुपति मुरारकाले भने, ‘हामीलाई पत्र आएको दिनदेखि हामीले भन्दै आएका छौं, तपाई प्रमाण दिनुस हामी पैसा तिर्न तयार छौ । टिओडिको डाटा छैन भने त्यसको कारबाहीको भागीदार प्राधिकरण हुनुपर्छ।’,’विद्युत प्राधिकरणले गलत बिल जारी गरेर हाम्रो बिजुली काट्दा भएको नोक्सानको भागिदार को हुन्छ ?’ उनले प्रतिपश्न गरे ।

उनले डेडिकेटेट र ट्रङकलाइनको फर्जी बिल देखाएर उद्योगी ब्यवसायीलाई चोर करार गरिएको आरोप लगाए । साथै उनले प्राधिकरणलाई आफुहरुले डेडिकेटेड , ट्रङकलाईनबाट विद्युत प्रयोग गरेको प्रमाण पेश गर्न चुनौती दिए ।

उद्योगीहरूले लोडसेडिङको समयमा तालिका अनुसार मात्रै बिजुली प्रयोग गरेको दाबी गरेका छन् । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेको तर त्यसबापतको प्रिमियमसहितको महशुल नतिरेको भन्दै २३ उद्योगको बिजुली काटेपछि उद्योगीहरुले पत्रकार सम्मेलन गरेका हुन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।